बेपत्ता भएको तारा एयरको विमान प्रतिकूल मौसमले गर्दा भेटाउन कठिन

पोखरा -पोखराबाट जोमसोम उडेको तारा एयरको विमान प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनायी भएको छ । आइतबार पोखरा विमानस्थलबाट बिहान ९ः५५ बजे उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान हालसम्म सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए ।
उडेको केही समयपश्चात उक्त विमानसंग नेटवर्क हुन नसकेको उनदले जनाए । बेपत्ता भएको उक्त विमानका खोजी गर्न नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरले केही घण्टा मुस्ताङको टुकुचे, पासाङ, खसाङ लगायतको क्षेत्रमा अवलोकन गरे पनि केही पक्ता लगायन नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । उनका अनुसार उक्त विमानका पाइलट प्रभाकर घिमिरेको मोवाइलमा घण्टी गए पनि फोन भने उठ्न सकेको छैन् । टुकुचेदेखि करिब ५ सय मिटर वरीपरिको कुनै भागमा उक्त विमान हुन सक्ने मोवाइलको नेटवर्कले देखाएको प्रजिअ आचार्यको भनाइ छ ।
आइतबार हेलिकप्टरबाट वेपक्ता विमानको खोजी गर्दा माथिल्लो भागमा प्रतिकूल मौसम बादल सहितको कुहिरो भएको कारणले गार्द खोजी कार्यमा कठिन भएको उनले जनाए । उक्त विमानको खोजी कार्यमा पैदल हुँदै ६५ जनाको एक टोली खटिएको प्रजिअ आचार्यले जनाए । नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बलसहितको टोली बेपत्ता भएको विमानको खोजिमा लागेका हुन् ।
विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा बेपत्ता भएको विमान दुर्घटना भएको अबस्थामा भेटिएको भन्ने गलत सन्देस प्रवाह भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । हालसम्म उक्त विमानको बारेमा र विमानमा सवार यात्रुसहितका चालक दलका व्यक्तिहरूको समेत अबस्था अन्योल भएको उनले जनाए ।
प्रतिकूल मौसमका कारण आइतबार केही घण्टा पोखरा विमानस्थलबाट हेलिकोप्टर मार्फत बेपत्ता विमानको खोजी कार्य गर्न नसकिएको प्रजिअ शर्माले जनाए । मुस्ताङको लेतेबाट उक्त विमान डाइभड भएको हुन सक्ने आशंका गरिएको छ । हवाई मार्ग हुँदै उक्त विमानको खोजि कार्य पुनः सोमबार विहानै बाट हुने आइतबारको लागि अध्यारो भएकोले गर्दा स्थगित भएको शर्माले जनाए ।
उक्त बिमानको चालकमा क्या. घिमिरे, विमान परिचालिका किस्मी थापा र विमानका अर्को एक सदस्य इस्सव पोखरेल रहेको पोखरा विमानस्थलको कार्यालयले जनाएको छ । उक्त विमानमा १९ जना यात्रु ३ जना चालक दलका सदस्य थिए । उक्त जहाजमा १६ नेपाली र भारतीय नागरिक सहित ६ जना विदेशी रहेको खुलेको छ । विमानमा इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
बेपत्ता भएको विमानमा सवार भएका आफन्तहरूको आइतबार पोखरा विमानस्थलमा केही समय रुवावासी नै चलेको थियो । आइतबार बिहान वेपक्ता भएको विमानमा सवार भएका यात्रु सहितका चालक दलका सदस्यको सम्पर्क हुन नसकेसंगै विमान समेत सम्पर्कविहीन भए पनि उनका आफन्तहरू भक्कानिदै रुवाएका थिए ।