Logo

सनी सेक्यूरिटीजको सेयर तालिम

सनी सेक्यूरिटीजले जनकपुरमा आधारभूत सेयर तालिम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा ७१ जना सहभागी रहेको आयोजकले जनाएको छ ।
तालिम कार्यक्रममा विशेष गरी सेयर बजारेको परिचय, डिम्याट खाताखोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आइपीओमार्फत लगानी गर्नेलगायतका विषयमा जानकारी गराइएको थियो । त्यसैगरी कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा र जोखिम, जोखिम न्यूनीकरणका उपायका बारेमा पनि सहभागीलाई जानकारी गराइएको थियो ।
साइन्टिफिक विजनेश हवप्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्नु महत्वपूर्ण हुने बताए । उनले पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवालाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्