Logo

वर्षाले उद्योग व्यवसायमा क्षति

दाङ– घोराहीमा शनिबार भएको भारी वर्षासँगै आएको बाढीका कारण उद्योग व्यवसायमा ३१ लाख ६२ हजार क्षति भएको छ ।
उद्योग वाणिज्य संघ दाङले आइतबार १६ वटा उद्योग तथा पसलमा लिएको तथ्याङकमा ३१ लाख ६२ हजार सामग्री तथा महत्वपूर्ण कागज पत्रमा समेत क्षति पुगेको क्षति जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले थप विवरण लिने काम जारी रहेको बताए । क्षतिको विवरण संकलन गरेपछि अन्य प्रक्रिया अगाडि बढाइने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकीले बताए । उद्योगी व्यवसायीले भोग्नु परेको समस्या समाधानका लागि आफूहरुले पहल गर्ने अध्यक्ष बुढाथोकी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्