Logo

सन्राइज क्यापिटलको निःशुल्क डिम्याट खाता

सन्राइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित १६ जेठदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाताखोल्न सकिने सुविधा ल्याएको हो ।
यो सुविधा तथा अभियानबाट विशेषत पुँजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई फाइदा पुग्नुका साथै सर्वसाधारणमा डिम्याट खाताको पुहँचमा वृद्धि हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।
सर्वसाधारणलाई लक्षित गरी ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणलाई पुँजीबजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्