Logo

हाइड्रोजन इन्धनको सम्भाव्यता

हाम्रो मुलुक भूपरिवेष्टित राष्ट्र हो । भूपरिवेष्टित राष्ट्र भएकै कारणले गर्दा पनि मुलुक छिमेकी राष्ट्र भारत र चीनसँग पेट्रोलियम पदार्थ अर्थात् इन्धनसँगको आयातमा निर्भर रहनुपरेको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च गरे तापनि अझै लिटरमा १४ रुपैयाँ ५० पैसा घाटा छ भन्छ । दैनिक अर्बौं रुपैयाँ घाटा बेहोरेको निगम यही अवस्था हो भने निकट भविष्यमा टाट पल्टने अवस्था निश्चित नै देखिन आउँछ ।
पछिल्लो समय रूस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै यसको चोतर्फी प्रत्यक्ष मार हाम्रो मुलुक नेपालमा पनि परेको निगम बताउँछ । डलरको भाउ बढ्दै जाँदा पछिल्लो समय मुलुकमा बैंकमा तरलता सिर्जनाको कारणले पनि डलरको अभाव हुन गएको देखिन्छ । यही अवस्था निकट भविष्यमा देखा पर्ने हो भने अब मुलुकले पेट्रोलियम पदार्थको आपूर्ति सहज रूपमा धान्न सक्ने अवस्था छैन । यसका लागि अर्को वैकल्पिक उपाय भनेको मुलुकमा हाइड्रोजन इन्धनको सम्भाव्यता अध्ययन गरी इन्धन उत्पादनलाई जोड दिनु आजको आवश्यकता पनि हो । तर, कत्तिको सम्भाव्यता छ त हाइड्रोजन इन्धन उत्पादनमा ? यसका लागि प्राकृतिक स्रोत र साधनको अध्ययन–अनुसन्धानलाई तीव्रताका साथ अगाडि बढाउनु जरुरी देखिन्छ । खानीहरूको अन्वेषण गर्नुप-यो । हाम्रै मुलुकका पनि धेरै ठाउँमा ग्याँस निस्कने स्रोतहरू छन्, तिनीहरूको पहिचान गरी अध्ययन–अनुसन्धान गरेर उत्पादनमा पनि विशेष जोड दिनु-यो ।
अर्को खुसीको कुरा त गएको सातामात्रै ऊर्जामन्त्री पम्फा भुसालले नेपालमा हाइड्रोजन, एमोनियाँ र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) सँग नेपाल विद्युत् प्राधिकरणले गरेको सम्झौतापत्रमा नेपाल हाइड्रोजन, एमोनियाँ र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको छ । गत साता मंगलबारमात्रै जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङले हस्ताक्षर गरेको सो सम्झौतामा जीजीजीआईले सो इन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरिदिने र आवश्यक प्राविधिक सहयोग गरिदिने भनिएको छ । सो सम्झौतामा काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर नेपालमा हाइड्रोजन फ्युलको उत्पादन कार्यलाई अघि बढाउने उल्लेख गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताए ।
यसरी जीजीजीआईसँगको सम्झौताले छिट्टै नै एउटा अध्ययन, अनुसन्धान र अन्वेषण गरी मुलुकभित्र भएको प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गरेर हाइड्रोजन अनुसन्धात्मक र अध्ययनशील तवरले द्रुत गतिमा अगाडि बढेमा हाइड्रोजन इन्धनको प्रचुर सम्भावना रहेको देखिन्छ । त्यति मात्र होइन, यति धेरै हाम्रा ठूला नदीहरूबाट खेर गइरहेको जललाई निर्माणाधीन विद्युत् हाइड्रो पावरहरू निर्माण गरिनुपर्छ । अर्को कुरा, मुलुकमा पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धि भइरहेको अवस्थामा पेट्रोलियम पदार्थको खपतसँगै अब विद्युतीय उपकरणहरूको बढी खपत गर्दै जानुपर्ने देखिन्छ । यसरी विद्युतीय उपकरणहरू सवारी साधन, मेसिनरी, खाना पकाउने विद्युतीय चुलोको नियमित प्रयोग गर्नाले पेट्रोलियम पदार्थको कम खपत हुनुका साथै वातावरणमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
हाल मुलुकमा अत्यधिक वृद्धि भएको पेट्रोलियम पदार्थले मानिसहरूको दैनिकी असहज बनाइरहेको अवस्थामा मुलुकमा हाइड्रोजन इन्धनको प्रचुर सम्भाव्यता अध्ययनसँगै विद्युत् उत्पादन र प्रवद्र्धनका साथै विद्युत्बाट चल्ने वा सञ्चालनमा आएका सम्पूर्ण विद्युतीय सामग्रीहरूको नियमित प्रयोग गरी दैनिक जीवनलाई सहज बनाउँदै लगेमा पेट्रोलियम पदार्थमा हुने खर्च कटौती भई मानिसको दैनिकीमा पनि आर्थिक भार कम हुँदै जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्