Logo

मेलम्ची खानेपानी विकास बोर्ड खारेज गरिने

सरकारले मेलम्ची खानेपानी विकास बोर्ड खारेज गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बोर्ड खारेज गर्ने र सो कार्य खानेपानी तथा ढल व्यवस्थापन विभागले गर्ने बताएका छन् ।
खानेपानी सुधारअन्तर्गत चक्रपथ बाहिरका थप क्षेत्रमा पाइपलाइन विस्तार गर्ने नीति सरकारले लिएको छ । यसका लागि आगामी वर्षमा खर्च गर्नेगरी एक अर्ब ९२ करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ । मेलम्चीमा पानी पथान्तरण गर्ने, याङ्ग्री र लार्केबाट पानी ल्याउनका लागि आवश्यक व्यवस्था गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
उपत्यकामा खानेपानीको दिगो आपूर्तिका लागि नगरकोट, दक्षिणकाली लगायतका चार क्षेत्रमा जलाधार क्षेत्र निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ । खानेपानी, विद्युत र सिंँचाइ सुविधा विस्तारका लागि जलाशययुक्त विद्युत आयोजनाको बहुउपयोग गर्ने नीति सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्