Logo

बजेटमा कर्णाली

सुरुङमार्गको अध्ययनदेखि प्रादेशिक विमानस्थलसम्म

सुर्खेत-संघीय सरकारका अर्थमन्त्री जर्नादन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशका केही पुरानै योजनालाई निरन्तरता दिइएको छ भने केही नयाँ योजना समावेश गरिएको छ ।
कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम गरिने बजेटमार्फत घोषण गरिएको छ । जसमा कर्णालीको फापर, कोदो, गहुँ र जौको प्रशोधन गरिने भएको छ । अल्लो सुपारीको पात, अल्लोको कपडा उत्पादन गर्नेहरुलाई प्रोत्साहन गर्नुका साथै जडिबुटी खेतीको बिमाको व्यवस्था मिलाइनेछ । कर्णालीको कागुनो चिनो, फापरलगायतका वस्तुहरुको उत्पादनलाई बजारिकरण लागि प्रदेश सरकारसँग समन्वय गरिने पनि बजेटमा भनिएको छ ।
यस्तै, जुम्लाको कोक्ला पाटनमा हाइअल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माण हुने भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट अनुसार जुम्लाको कोक्लापाटनमा हाइअल्टिच्युट एण्ड ट्रेनिङ्ग सेन्टर निर्माण हुने भएको हो ।
यस्तै सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । सरकारले आगामी बजेटमार्फत सुर्खेतको सुभघाटमा बृहत सहरी खानेपानी तथा सरसफाई आयोजना निर्माण गर्ने भएको छ । सुर्खेतको सुभघाटमा सहरी खानेपानी तथा सरसफाई आयोजना निर्माण गरिने भएको छ ।
यस्तै, डोल्पामा सुख्खा बन्दरगाहा निर्माणका लागि अध्ययन गर्न बजेट विनियोजन गरिएको छ । पर्यटकहरुको आवागमन गराउन पर्यटकलाई सहज बनाउन सडक निर्माणका साथै कर्णालीको रारा, से फोक्सोन्डो, लिमिलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने बजेटमा वक्तव्यमा उल्लेख गरिएको छ । यस्तै, सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थलको निर्माणलाई अगाडी बढाइने पनि बजेटमा समावेश गरिएको छ ।
कर्णाली प्रादेशिक अस्पताल र चौरजहारी अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने बजेट भाषणमा समावेश गरिएको छ । यस्तै सरकारले कर्णाली करिडोर र हुम्ला जिल्लाको सदरमुकामसम्म सडक पु-याइने र सल्यान सुर्खेत सडक स्तरोन्नती गर्न बजेट विनियोजन गरेको छ ।
डोल्पोबुद्ध, लिमीमा नयाँ शहरीकरण विकासका लागि काम शुरुवात गरिने, कर्णाली समृद्धि कार्यक्रम अन्तरगत जुम्लाको सिंजा उपत्यकामा एकीकृत वस्ती विकास आगामी आर्थिक वर्षभित्र गरिनेपनि समावेश गरिएको छ । यसैबीच, सरकारले कर्णालीदेखि कोसीसम्मका नदीहरु जोड्ने बहुउद्देश्यीय सिँचाई परियोजनाको अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि घोषणा भएको बजेटमा कर्णालीदेखि कोसीसम्मका नदी जोड्ने सिँचाई परियोजनाको अध्ययन अघि बढाउने उल्लेख छ ।
यस्तै सरकारले केही पूरानै कार्यक्रमलाई पनि बजेटमा निरन्तरता दिएको छ । जसमा दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । ट्रमा सेन्टर विगतका वर्षमा पनि बजेट भाषणमा समेटिँदै आएको छ । यस्तै, सुर्खेतमा जटिबुडी प्रशोदन लागि उद्योगको स्थापना गर्ने, बहुमुल्य पत्थर प्रशोधन उद्योग सञ्चालनमा ल्याइने जस्ता योजना बजेटमा समेटिएका छन ।

प्रतिक्रिया दिनुहोस्