दक्षिण कोरियाको बेरोजगारी भत्ता ५ ट्रिलियन वन नाघ्यो

गत वर्ष दक्षिण कोरियाको बेरोजगारी भत्ता कीर्तिमानी उचाइमा पुगेको छ । गत वर्षको बेरोजगारी दर उच्च कायम भएपछि बेरोजगारी भत्तामा पनि वृद्धि भएको हालै सार्वजनिक तथ्यांकले देखाएको छ ।
गत वर्ष सरकारले १२ लाख ७२ हजार मानिसलाई ५.०२ ट्रिलियन वन अर्थात् ४.७ अर्ब डलर वितरण गरेको थियो । प्रतिव्यक्तिले ४१ लाख २० हजार वन प्राप्त गरेको स्ट्याटिक्स कोरियाले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
दक्षिण कोरियामा बेरोजगारी भत्ता ५ ट्रिलियन वन नाघेको यो पहिलो पटक हो ।
दक्षिण कोरियामा योग्य कामदारले तीनदेखि आठ महिनासम्म बेरोजगारी भत्ता पाउनेछन् । यो उनीहरूको उमेर र बेरोजगारी बिमाको नीतिमा आधारित हुनेछ ।
गत वर्ष दक्षिण कोरियामा बेरोजगारको संख्या १० लाख २८ थियो । यो संख्या २००० देखिकै उच्च हो ।