नबिल बैंक ग्लोबल पत्रिकाको शीर्ष २० बैंकहरूको सूचीमा «

नबिल बैंक ग्लोबल पत्रिकाको शीर्ष २० बैंकहरूको सूचीमा

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत आइजे ग्लोबल पत्रिकाको शीर्ष २० बैंकहरूको सूचीमा सूचिकृत भएको छ ।
आइजे ग्लोबल युरोमनि संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो । जसलाई विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ ।
आइजे ग्लोबल तथ्यांकले ३२ हजारभन्दा बढी कारोबार, २६ हजार परियोजना र दुई हजार एक सय कोष समावेश गर्छ । जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत शीर्ष कानुन फर्मको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशत बजारका आधारमा अद्यावधिक गरिन्छ । नविल बैंक १४ औं स्थानमा परेको बैंकले बताएको छ ।
बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटीएम र १७० भन्दा बढी बैंकिङ साझेदारसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्