Logo

कन्भर्सेसनल भाइबर बिजनेस मेसेज अफर

राकुटेन भाइबरले ब्राण्डहरूका लागि तीन महिने अफर ल्याएको छ ।
भाइबरले कम्पनीहरूलाई उपभोक्तासँग व्यक्तिगत रूपमा जोडिन मद्दत पु-याउने उद्देश्यले कन्भर्सेसनल भाइबर बिजनेस मेसेज ३ महिना निःशुल्क उपलब्ध गराउने भएको छ ।
आफ्ना ग्राहकसँग ‘वान–टू–वान’ र अन्तरक्रियात्मक सञ्चारका फाइदाहरू अनुभव गर्न बाँकी रहेका व्यवसायहरूले यस विशेष प्रोमो अवधिमा आफ्ना ग्राहकसँग तीन महिनाका लागि कन्भर्सेसनल भाइबर बिजनेस मेसेज निःशुल्क प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस ट्रायल पहिलो पटक कन्भर्सेसनल मेसेजहरू पठाउने कुनै पनि नयाँ वा अवस्थित बिजनेस मेसेज खातामा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार यस प्रोमो ३० जुन २०२२ सम्म ग्लोबल मार्केटहरूमा रहनेछ । यस अवधिमा पहिलो पटक कन्भर्सेशनल मेसेज पठाउने कुनै पनि ब्राण्डले पहिलो मेसेजको मितिदेखि यो सुविधा ९० दिनसम्म निःशुल्क प्राप्त गर्नेछ ।
यसमा के छ ? भाइबरमा सेसनको हिसाबमा कन्भर्सेसनल मेसेजहरूको हिसाब राखिनेछ । एक सेसन २४ घण्टाको हुन्छ जसमा ब्राण्ड र प्रयोगकर्ताहरूले संवादको बखत बहुसंख्यामा मेसेज आदानप्रदान गर्न सक्नेछन् । यस समयावधिमा एउटा ब्राण्डले ६० वटा मेसेजसम्म पठाउन सक्ने कम्पनीले जनाएको छ ।
यस सेसन प्रयोगकर्ताले ब्राण्डलाई मेसेज पठाएपश्चात सुरु हुनेछ तर ब्राण्डलाई भने प्रयोगकर्तालाई जवाफ लेखेपछि मात्र शुल्क लाग्नेछ । सेसनले ब्राण्ड र प्रयोगकर्तालाई वास्तविक कुराकानी गर्न मद्दत गर्छ —संवाद जसले ब्राण्डलाई आफ्ना समस्याहरू हल गर्दै ग्राहक/श्रोतासँग सम्बन्ध गाँस्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्