Logo

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बिमा कम्पनीबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बिमा कम्पनीबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बिमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवा अवधि पूरा गरेका पुनर्बिमा कम्पनीका कर्मचारीलाई पुनर्बिमाको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ । सम्झौताअनुसार पुनर्बिमा कम्पनीको कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । सम्भौतासँगै दुवै पक्ष लाभान्वित भई पुनर्बिमाका कर्मचारीको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको बताइएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए । पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबीचको सम्बन्धलाई व्यावहारिक र वस्तुपरक बनाउँदै लैजाने बताए ।
देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्