मुक्तिनाथ विकास बैंक र मेराकी होलिस्टीक वेलनेस रिट्रिटबीच सम्झौता «

मुक्तिनाथ विकास बैंक र मेराकी होलिस्टीक वेलनेस रिट्रिटबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र काठमाडौंको बुढानिलकण्ठमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटबीच् छुट दिनेबारे सम्झौता भएको छ ।
बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । बुढानीलकण्ठमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बैंकका तर्फबाट, संस्थागत मामिला विभाग प्रमुख बसन्त बक्शी र अन्य कर्मचारीको उपस्थिति तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिटको तर्फबाट रेसिडेन्ट म्यानेजर अरुणकुमार झा र अन्य सदस्यहरु उपस्थित थिए ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङलगायतका सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्