Logo

मोरंग व्यापार संघ र स्नाकोत्तर क्याम्पसबीच सम्झौता

मोरंग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको स्नाकोत्तर क्याम्पस, विराटनगरबीच सम्झौता भएको छ ।
समझदारी पत्रमा, वर्तमान उद्योग/व्यवसायको अवस्था, प्राकृतिक वातावरण, जैविक विविधतालगायत अन्य विविध समस्या र तिनका समाधानका लागि सम्वन्धित सरकारी निकायबीच समन्वय, सहकार्य, अनुसन्धान गरी प्राप्त यथार्थ निचोडलाई सरकारका सम्वन्धित निकायमा सुझाव तथा कार्यान्वयनका लागि पहल गर्ने हस्ताक्षरित पत्रमा उल्लेख छ ।
यसबाट उद्योग व्यवसाय र उच्च शिक्षा प्रदायक निकायबीच हुने अन्तर संवाद र सहकार्यले विद्यार्थीलाई व्यवहारिक ज्ञानको अवसर प्राप्त हुने र उद्योग व्यवसायीलाई उच्च शिक्षा प्राप्त गर्दै गरेका युवा विद्यार्थीहरुसँग सहकार्यबाट प्राप्त व्यवहारिक एवं सैद्धान्तिक ज्ञानलाई उर्जाशील र उत्पादकत्व बढाउन अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्