Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई ह्यासट्याग फुडमा छुट

बैंक अफ काठमाण्डू र हसट्याग फुड तथा बार प्रालिबीच भुक्तानीमा छुट दिने सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतापश्चात् ग्राहकले ह्यासट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवामा एकमुष्ठ १० प्रतिशतसम्मको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ह्यासट्याग फुड तथा बारले एयरपोट रोड, विराटनगरबाट सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
हालसम्म बैंक अफ काठमाण्डूले ९८ शाखा, ९३ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेव दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्