Logo

देउनिया खोला सिँचाइ परियोजना पूरा गर्ने मन्त्रीको प्रतिबद्धता

बिर्तामोड– प्रदेश नम्बर १ का ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री रामकुमार राईले निर्माणाधीन देउनिया खोला सिँचाइ परियोजनाको स्थलगत अवलोकन गर्दै त्यसलाई पूरा गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
झापाको बिर्तामोड–७ स्थित निर्माणाधीन देउनिया खोला सिँचाइ परियोजनाको बाँकी काम सम्पन्न गर्न यसै वर्ष बजेट उपलब्ध गराउने बताउँदै मन्त्री राईले बिर्तामोड ६, ७ मा खानेपानीको समस्या हल गर्न प्रक्रिया पु-याएर आउन त्यहाँका वडाध्यक्षलाई आग्रह गरेका छन् ।
त्यस्तै मन्त्री राईले देउनिया नदी तटबन्ध, सौन्दर्यीकरण र करिडोर निर्माणका लागि यसै वर्ष बजेट छुट्याउने र बहुवर्षीय परियोजना बनाई कार्य सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको माओवादी केन्द्रका झापा जिल्ला सहइन्चार्ज सिपी कडरियाले बताए ।

प्रतिक्रिया दिनुहोस्