पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क विहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क विहीन भएको छ । आज विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्क विहीन भएको पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए । उक्त विमानमा १९ जना यात्रु तथा ३ चालक दलका सदस्य भएको बताइएको छ ।
सम्पर्क विहीन भएको उक्त जहाजको खोजि कार्य तिव्र पारिएको सुरक्षा निकायले जनाएको छ ।
यसैबीच सम्पर्कविहीन तारा एयरको विमान खोज्न उडेको फिस्टेलको हेलिकोप्टर मौसम खराबीका कारण जोमसोम विमानस्थलमा फर्किएको छ ।
मौसम खराबीका कारण हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ ।