Logo

हिमालयन ट्राभल मार्ट जेठमा

हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जेठ २३ र २४ मा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तव्यको रूपमा विश्व सामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि वार्षिक कार्यक्रमका रूपमा आयोजना गरिँदै आएको हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने शसक्त ब्रान्डका रूपमा विकास हँुदै गएको छ ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरूको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आयोजना गरिने हिमालयन ट्राभल मार्टको आयोजना गर्दै आइरहेको छ ।
हिमालयन ट्राभल मार्टको यसअघि सम्पन्न भएका दुई संस्करणहरूको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्यले बताए । उनले भने, “हिमालयन ट्राभल मार्ट क्रमशः ब्रान्डिङ हुँदै आइरहको छ । जसले नेपाली पर्यटन क्षेत्रकै शिर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको सशक्त उपस्थिति जनाउन सहयोग पुगेको छ ।” हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारहरूवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको शाक्यले बताए ।
हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रूपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगलाई विश्व सामु चिनाउन पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
उनले भने, “मार्ट पर्यटन व्यवसायीहरू, सहभागीहरू तथा सबै सरोकारवालाहरूका लागि नेटवर्किङ, व्यवसाय प्रवद्र्धन, ज्ञान तथा सीप आदान–प्रदान गर्न एक अद्वितीय मञ्च बन्न पुगेको छ ।” जोशीले नेपाल भ्रमण वर्षकोे पूर्वसन्ध्यामा आयोजना हुन गइरहेको मार्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सहयोग गर्ने बताए । मार्टको पूर्वसन्ध्यामा क्रेता र विक्रेताबाट जुन खालको चासोहरू देखिएका छन् । यसले मार्टको सफलता बढ्दै गएको जोशीले बताए ।
हिमालयन राष्ट्रहरूबाट विक्रेताहरू तथा विश्वव्यापी क्रेताहरूलाई एउटै मञ्चमा भेला गराई उनीहरूबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्वारा यस बिजनेस–टु–बिजनेस मार्टको परिकल्पना गरिएको हो । हिमालयन ट्राभल मार्टको दास्रो संस्करणमा हिमालयन राष्ट्रहरू बाहेक पनि यूएई, भियतनाम र कोरियाजस्ता राष्ट्रहरूले विक्रेताको रूपमा सहभागिता जनाएको थिए जसले प्रस्तुत मार्टको बढ्दो लोकप्रियतालाई दर्शाउँछ ।
मार्टको बढ्दो लोकप्रियतालाई कायम राख्दै मार्टको आगामी संस्करणहरूलाई थप सशक्त, प्रभावकारी एवं फलदायी मार्टको रूपमा आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय सम्बन्धन तथा साझेदारी, विशिष्ठ व्यक्तित्वहरू–वक्ताहरू निर्धारण, प्रायोजक प्रवद्र्धन, सहभागीहरू (क्रेता तथा विक्रेताहरू लगायत अन्य पाहुनाहरू) को आमन्त्रण तथा पत्राचार जस्ता अधिकांश आवश्यक पूर्वतयारी तथा व्यवस्थापन कार्यहरू उल्लेख्य मात्रामा समपन्न भइसकेको नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले बताए । यो पटकको मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत (चीन) र भुटानलगायत हिमालयन राष्ट्रहरूबाट विक्रेताहरू तथा युरोप, अमेरिका, अष्टे«लिया, न्युजिल्याड, रसिया तथा सीआईएस राष्ट्रहरू, एसिया र अरब राष्ट्रका क्रेताहरूको सहभागी हुने बुडालले जानकारी दिए ।
यसअघि सन् २०१७ सालमा ५३ देशबाट २ सय २५ विदेशी प्रतिनिधि, सन् २०१८ मा सम्पन्न भएको मेलामा ३६ वटा विभिन्न देशहरूबाट १ सय ७० भन्दा बढी विदेशी प्रतिनिधिहरूको सहभागिता रहेको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ । मार्टले देशको पर्यटकीय गन्तव्य, वस्तु तथा सेवाको प्रचार–प्रसार र बजारीकरण, लगायत विश्वव्यापी पर्यटन एवं हस्पिट्यालिटी संघ–संस्थाहरू, कम्पनीहरू र हिमालयन पर्यटन क्षेत्र सम्बन्धित विविध क्षेत्रमा आबद्ध व्यवसायी तथा व्यक्तित्वहरू बीच व्यापार आदान–प्रदान गराउने असीमित अवसरहरू प्रदान गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्