बिर्तामोड नगरपालिकाको एक करोडको पुँजीगत बजेट सिलिङ «

बिर्तामोड नगरपालिकाको एक करोडको पुँजीगत बजेट सिलिङ

बिर्तामोड-झापाको बिर्तामोड नगरपालिकाले १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९/०८० का लागि एक करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिने भएको छ ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
बिर्तामोड नगरपालिकाले १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७८/०८९ का लागि एक करोड रुपैयाँको पुँजीगत बजेट सिलिङ दिएकोमा यस वर्ष त्यसमा १५ लाख रुपैयाँ वृद्धि गरिएको नगर प्रमुख महतारा प्रसाईंले बताइन् ।
त्यस्तै बिर्तामोड नगरपालिकाले १० वटै वडाहरुलाई नीति तथा कार्यक्रम तय गरी २०७९ जेठ मसान्तसम्ममा बिर्तामोड नगरपालिकामा पेश गर्न आग्रह गरिएको उनले बताइन् ।
चालु आर्थिक वर्ष २०७८/०७९को कुल वार्षिक वजेट १ अर्व ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएकोमा बैशाख मसान्तसम्मको आयतर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा चालुतर्फ ३३ करोड ४० लाख ८५ हजार र पुँजीगततर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ व्यय भएको आयव्यय विवरण समेत वैठकमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्