Logo

नेपाल बैंकको चारवटा शाखा विस्तार

नेपाल बैंकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकै दिन चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले टोखा नगरपालिका वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्ड, नार्गाजुन नगरपालिका वडा नं. १ स्थित रानीवन चोक, काठमाडौं महानगरपालिका वडा नं. १३ को रिङरोड सितापाइला चोक र वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ ।
बिहीबारदेखि सञ्चालनमा आएका नयाँ शाखाहरूमध्ये ग्रिनल्याण्ड शाखाको उद्घाटन नेपाल सरकारका सचिव एवं नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले गरेका हुन् । यसबाहेक अन्य तीन शाखाहरूमा सफ्ट लञ्चसहित कारोबार सुरू गरिएको छ ।
ग्रिनल्याण्ड शाखाको उद्घाटन समारोहमा टोखा नगरपालिकाका मेयर अधिकारीले ग्रिनल्याण्डमा नेपाल बैंकको शाखा स्थापना भएसँगै नगरबासीलाई वित्तीय कारोबार गर्न सहज बनाउने बताए ।
बैंकको नेपालभर २१७ शाखाहरू, १७९ एटीएम र ४८ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई वित्तीय सेवा पु-याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्