एनसेलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

एनसेल आजियाटाले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति तथा ‘उत्कृष्टता सम्मान २०७८’ प्रदान गरेको छ ।
क्याम्पसका पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो । एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत
छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ ।
२०७१ सालबाट सुरू भएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको जनाएको छ । इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरूपमा विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका छन् ।
कोभिड–१९ महामारीका कारणले गर्दा कार्यक्रम रोकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८ जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाण पत्र पनि प्रदान गरिएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशीले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमकोलागि एनसेलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशी १ लाख रुपैयाँको रहेको छ ।