भैरहवाबाट महेन्द्राको ५८५ एसपी प्लसको ट्रयाक्टर बिक्री सुरू

महिन्द्र एण्ड महिन्दा कम्पनिको नया ट्रयाक्टर ५८५ एसपी प्लसको बिक्री तथा प्रवद्धन भैरहवामा सुरु भएको छ ।
महिन्द्र एण्ड महिन्द्रा कम्पनीको यस क्षेत्रको आधिकारीक बिक्रेता अम्बु मार्केटिङ्गले एक कार्यक्रमको आयोजना गरि ५८५ एसपी प्लस सार्वजनिक गरेको हो । ‘पावरमा प्लस, माईलेजमा प्लस’ भन्ने नारासहित कम्पनीले ५० हर्ष पावरको ५८५ एसपी प्लस ट्रयाक्टर सार्वजनिक गरेको हो । एसपी प्लस का अन्य ३९ हर्ष पावर क्षमताको २७५ एसपी प्लस, ४२ हर्ष पावर क्षमताको ४१५ एसपी प्लस, ४७ हर्ष पावरको ५७५ एसपी प्लस समेतको बिक्री सुरु भएको छ ।
पछिल्लो प्रविधिअनुसार यो ट्रयाक्टरले कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु ढुवानी गर्ने मात्र नभई खेत जोत्ने, खेत सम्याउने, धान गहुँ काटने र अतिरिक्त मेसिन जडेर धान गहुँ कुट्नसमेत मिल्ने गरी यो ट्रयाक्टर बनेको कम्पनीको दावी छ ।
ट्रयाक्टरमा भ्याकुरोटावेटर, कल्टिवेटर, थ्रेसरलगायतका उपकरण जडान गरी सञ्चालन गर्न सकिन्छ । ५८५ एसपी प्लस ट्रयाक्टरको मूल्य १७ लाख ८० हजार रुपैयाँ रहेको छ । बिक्री प्रवद्र्धनका अवसरमा यो ट्रयाक्टर खरिदमा ३० हजार रुपैयाँसम्मको उपहार ग्राहकका लागि रहेको छ । ६ वर्षको वारेन्टी रहेको डिजल ईन्जिन रहेको योे ट्रयाक्टरको बिक्री तथा प्रवद्र्धन कार्यको शुभारम्भ गर्दै सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईश्तियाक अहमद खानले किसानी साथै उपकरण जोडेर अन्य काममा प्रयोग हुने भएकाले किसानहरुले अहिले खेतीपातिको सिजनमा थप सेवा हुने बताउँदै बिक्री मात्रै गरेर नहुने बिक्री पछिको सबै सेवा उपलब्ध हुनु पर्नेमा जोड दिए ।