सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दको सम्पत्ति विवरण सार्वजनिक «

सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दको सम्पत्ति विवरण सार्वजनिक

सुर्खेत -सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले आफ्नो सम्पत्ति विवरण समेत सार्वजनीक गरेका छन् । अध्यक्ष चन्दले बुधबार पदभार सम्हाले लगतै सम्पती विवरण सार्वजनिक गरेका हुन् ।
अध्यक्ष चन्दको नाममा, मोटरसाइकल एक थान, सांग्रिला बैंकमा नगद मौज्दात, ८ हजार ३ सय ६२ रुपैयाँ आफ्नो नाममा कुनै पनी ठाउँमा जग्गा नभएको उनले सार्वजनीक गरेको सम्पत्ती विवरणका उल्लेख गरिएको छ । यसैगरी बुवा शेरबहादुर चन्दको नाममा कित्ता नम्वर ६ घ ६९, ७ घ ६२, ७ घ १३६, ७ घ १३८, ७ घ ६१ को जगा र करीव ५ रोपनी एैलानी जग्गा र ४ कोठे कच्ची घर रहेको उल्लेख गरिएको छ ।
अध्यक्ष चन्दको आमाको नाममा करिब साढे १ तोला सुन र ५ तोला चाँदी, श्रीमती गोपी मैँया (मल्ल) चन्दको नाममा करीव साढे २ तोला सुन, छोरा दिपेन्द्रकुमार चन्दको नाममा पाखोबारी, करिब १ लाख ५० हजार नगर मौज्दात, १ थान मोटर साइकल छ भने बुहारी जयन्ती (मल्ल) चन्दको नाममा सिम्ता ५ आलिमा भाँडा पसल डेढ तोला सुन रहेको अध्यक्ष चन्दले सार्वजनीक गरेको सम्पत्ती विवरणमा उल्लेख गरिएको छ ।
विपन्नको निःशुल्क स्वास्थ्य बिमा गरिने
सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द र उपाध्यक्ष गोमा शर्माले पदभार ग्रहणपछि गाउँपालिकाका अति विपन्न नागरिहरूको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् । सिम्ता गाउँपलिकाका विपन्न नागरिकहरूले समय समयमा आई पर्ने विभिन्न महामारी, सर्ने तथा नसर्ने रोगहरूबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको कारण नागरिकहरूलाई सहायता प्रदान गर्नका लागी निःशुल्क स्वास्थ्य विमा कार्यक्रम गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष चन्दले जानकारी दिए ।
सिम्ता गाउँपालिकाले गरेको गरिबी नक्सांकनमा ३९ प्रतिशत नागरिकहरू गरिबीको रेखामुनि छन् । गाउँपालिकाले तयार गरेको गरिबी नक्सांकनका आधारमा निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रमलाई अगाडी बढाईने प्रमुख प्रशाशकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिए । यस्तै बाँखर्क सालझरी हुदै चिङ्गाड गाउँपालिकाको बादशाला जोड्ने सडक निर्माण कायलाई अगाडि बढाउने निर्णयमा अध्यक्ष चन्दले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्