वार्षिकोत्सवमा महालक्ष्मी विकास बैंकको रक्तदान «

वार्षिकोत्सवमा महालक्ष्मी विकास बैंकको रक्तदान

महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको महालक्ष्मी विकास बैंकले आफ्नो २८औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखामार्फत रक्तदान कार्यक्रम गरेको हो । उक्त शाखमामार्फत एक हजार २८ पिन्ट रगत संकलन गरेको बैंकले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा अभावका रूपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्