उल्फ एयर मास्क अब नेपाली बजारमा «

उल्फ एयर मास्क अब नेपाली बजारमा

हावामा रहेका कोरोनालगाएतका भाइरसलाई नष्ट गरी शुद्ध हावा प्रवाह गर्ने उल्फ एयर मास्क बजारमा आएको छ ।
कोरोना महामारीको बीच ताका प्रतिपादन गरिएको उल्फ एयर मास्क विश्व बजारमा छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । जर्मन टेक्नोलोजि प्रयोग गरेर ‘अल अबाउट इनोभेसन्स’ नामक संस्थाद्वारा भारतमा निर्मित उक्त इलेक्ट्रोनिक्सलाई प्लानेट हेल्थ केयर प्रा. लि.ले नेपालको बजारमा ल्याएको छ । हावामा रहेको विकार, किटाणु तथा अशुद्दतालाई ९९.९ प्रतिशत नष्ट गरी स्वास फेर्न लायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरी निर्माण गरिएको बताइएको छ ।
भारतलगायत विभिन्न देशबाट पुरस्कृत उल्फ एयर मास्क सिनेमा हल, सोरुम, रेस्टुरेण्ट तथा क्लब, कर्पोरेट हाउस, अफिस, बैंक तथा फाइनान्स र घरका लागि उपयुक्त हुनुका साथै महामारी रोकथाममा टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।
भित्तामा एयर कन्डिसनर जस्तै गरि राख्न मिल्ने उक्त इलेक्ट्रोनिक्सले के कति रुपमा हावालाई शुद्ध बनाइरहेको छ भनि मोनिटरमा हेर्न सकिने बताइएको छ । कुनै गन्ध वा पदार्थ नफ्याकने उल्फ एयर मास्कले नेगेटिभ आयोन प्रवाह गरी किटाणु नष्ट गर्दै हावालाई शुद्ध बनाउने कम्पनीको दावी छ ।
एयर मास्क वा नरएयर मास्क मिनी गरी हाल दुईवटा मोडलमा उपलब्ध उल्फ एयर मास्क क्रमशः १००० स्क्वायर फिटर ५०० स्क्वायर फिटको लागि डिजाइन गरिएको छ । नेपाली बजारअनुरुपको मूल्य, निःशुल्क जडान तथा मर्मत सुविधा र २ वर्षको वारेन्टी रहेको प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठले बताए ।
कम्पनीका वैज्ञानिक तथा आविष्कारक बोनिफेस ग्यास्परले उल्फ एयर मास्क पूर्णरुपमा स्वास्थ्यबर्धक र मेडिकल मापदण्डसहित प्रमाणित रहेको दाबी गरे । उल्फ एयर मास्कले भइपरी आउने महामारी रोकथाम गर्नुको साथै सामाजिक स्वास्थ्य सुरक्षामा अतुलनीय योगदान पुर्याउने कुरा कार्यक्रमा उपस्थित विज्ञहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्