नवरत्न फ्रि हेड मसाज क्याम्प सञ्चालन हुने «

नवरत्न फ्रि हेड मसाज क्याम्प सञ्चालन हुने

विगत केही वर्षदेखि सञ्चालन गरिँदै आएको नवरत्न आयल फ्रि हेड मसाज क्याम्प यो वर्ष पनि सञ्चालन गरिने भएको छ ।
यो वर्ष मुख्य ठूला सहरहरुमा क्याम्प सञ्चालन हुने भएको हो । नवरत्न तेलका अनुसार काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरु पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य सहरहरु सञ्चालन गरिने यो फ्रि मसाज क्याम्प जम्मा १५० दिनसम्म सञ्चालन हुनेछ । जुन क्याम्पबाट लाखौं ग्राहकले तेल मालिसको लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।
क्याम्प सञ्चालनका सम्बन्धमा जानकारी दिँदै नवरत्न तेलका ब्राण्ड मेनेजर विकास तिवारीले विगतमा कोरोनाकै कारण आम उपभोक्ताहरुले अत्यन्त रुचाएको यो क्याम्प सञ्चालन गर्न असमर्थ भएको बताए ।
उनले भने, “अहिले हामी फेरि क्याम्प सञ्चालनका लागि अग्रसर भएका छौं । क्याम्पको अवधिभर हामीले ५० जिल्लाका करिब १० लाख जनाले फ्रि हेड मसाजको फाइदा लिनुहुने अपेक्षा गरेका छौं ।”

प्रतिक्रिया दिनुहोस्