नबिल बैंक र चिकित्सक संघबीच सम्झौता «

नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य चिकित्सक तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरूमा छुट दिने गरी सम्झौता गरेको छ ।
बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अरू विभिन्न बैंकिङ सेवाहरूमा संघका सम्बन्धित सदस्य चिकित्सक तथा कर्मचारीले देशभरका नबिलको शाखा सञ्जालबाट विशेष छुटको लाभ पाउने जनाइएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत कविन्द्रप्रसाद श्रेष्ठ र संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्