धादिङमा सहकारी सम्मेलन हुने «

धादिङमा सहकारी सम्मेलन हुने

गजुरी-धादिङ जिल्लामा सहकारी इतिहासमा पहिलो पटक सहकारी सम्मेलन गर्ने भएको छ ।
धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा जिल्ला भित्रका सहकारी पदाधिकारी र कर्मचारीलाई सम्लित गराई सहकारी संस्थाहरुलाई कसरी व्यावसायी, प्रविधि मैत्री तथा व्यवस्थापकीय खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने छ । एक दिवसीय सम्मेलनले धादिङ घोषण पत्र जारी गर्ने धादिङ बचत तथा ऋण सहकारी संघका सचिव शान्ता विक्रम बानियाँले बताए ।
सम्मेलनमा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौला, राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रकुमारी थामसुंहग सुब्बा, नेपाल बचत तथा केन्दीय सहकारी संघका अध्यक्ष परितोष पौडेल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले सहकारी सम्वन्धी कार्यपत्र प्रस्तुत गर्ने छन् ।
सहकारी संस्थाहरुको संख्यात्मक विकास उल्लेखीय रुपमा भएको तर आर्थिक, सामाजिक विकास र गुणत्मक सुधारमा केन्द्रीत हुन आवश्यक ठानेर सबै प्रकृतिका सहकारीहरुलाई एकै स्थानमा बसेर छलफल गर्न सम्मेलन आयोजना गरेको सचिव वानियाँले बताए ।
सम्मेलनमा दुइ सय सहकारी संस्थाका प्रतिनिधिहरु सहभागीहरु हुने आयोजकले अपेक्षा गरेको छ । सहभागी हुने संस्थाका प्रतिनिधिले प्रति व्यक्ति सात सय पचास सहभागिता शुल्क तिर्नु पर्ने छ । सहकारी संस्थाबाट अध्यक्ष तथा पदाधिकारीबाट एक जना र कर्मचारीबाट संस्थाको प्रमुख कर्मचारी सहकागी हुन पाँउने व्यवस्था मिलाएको छ । सम्मेलन १५ गणतन्त्र दिवसको दिन जेठ १५ गते धादिवेसी स्थित क्रिक रिसोर्टमा हुने आयोजकले बताए ।
मुलुक संघीय संरचनामा जानु अघि धादिङ जिल्लामा छ सय १५ वटा प्रारम्भिक सहकारी संस्था र पाँच वटा विषयगत जिल्ला संघ तथा एउटा जिल्ला संघ थियो । मुलक संघीय संरचनामा गएपछि स्थानीय तह, प्रदेश र संघलाई सहकारी दर्ता, अनुगमन र नियमन गर्ने अधिकार भएकाले जिलल भरीको सहकारीको अवस्था एकै स्थानबाट नपाउने भएकाले सहकारीको अवस्था वारे धेरै वेखवरछन् ।
प्रदेश सरकारले विभिन्न जिल्लामा विभिन्न मन्त्रालय अन्तरगतका कार्यालय खोले पनि सहकारी हेर्ने कार्यालय खोलेको छैन । मुलुक संघीय संरचनामा गएपछि तीनै तहको प्राथमिकतामा परेको छैन । तर पनि मन्त्रालयको नाम भुमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण राखिएको छ । हुन त संविधान अनुसार प्रदेश सरकारको जिल्लामा कार्यालयको परिकल्पना गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्