हिमालयन बैंकको ऋणपत्र बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

हिमालयन बैंकले १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्ने भएको छ ।
बैंकले एक हजार अंकित दरको २५,००,००० कित्ताले हुन आउने २ अर्ब पचास करोड रकम बराबरको १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।
उक्त सम्झौतापत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणा र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीने बताइएको छ । हिमालयन बैंकले देशभर रहेका ७४ वटा शाखामार्फत कारोबार गर्दै आएको छ ।