एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता «

एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता

एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता महाराजगञ्जबीच अस्पतालले कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले सो सम्झौताको एमओयू आदानप्रदान गरेका छन् ।
कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताए ।

प्रतिक्रिया दिनुहोस्