घनचक्करको ट्रेलर सार्वजनिक «

घनचक्करको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ ।
फिल्म घनचक्कर असार १० गते सार्वजनिक हुँदैछ । काठमाडौंमा मंगलवार एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलर युवाहरूको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडललगायतको अभिनय रहेको छ ।
कार्यक्रममा अभिनेता सरोज खनालले सिनेमामा काम गर्दा धेरै खुशी अनुभव गरेको बताउनु भयो । उनले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने पनि उनले बताए । त्यस्तै अभिनेता सौगात मल्लले वरिष्ठ कलाकारहरूसँग फिल्म खेल्न पाउँदा खुसी लागेको बताए । उहाँले फिल्मले नेपाली दर्शकलाई उर्जा थप्नेमा विश्वस्त रहेको बताए ।
सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङले सम्पादन गरे ।

प्रतिक्रिया दिनुहोस्