मानिस ठूलो दिलले हुन्छ फिल्म बन्ने «

मानिस ठूलो दिलले हुन्छ फिल्म बन्ने

मानिस ठूलो दिलले हुन्छ नामक गीति चलचित्र निर्माण हुने भएको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माण गर्ने जानकारी गराइएको हो । फिल्म सौरपानी मिडिया प्रा.लि.ले बनाउन लागेको हो । कार्यक्रममा बोल्दै प्रोड्युसर मनु नेपाली पनेरुले फिल्ममा बच्चादेखि नै भिन्न जातीका दुईजना बालबालिका एक आपसमा धेरै नजिक हुने र पछि छुट्ने तर एक दोहोरीमा अचानक भेट हुने सुखद् कहानी रहेको बताए । उनले यो गीति फिल्म मुनामदनबाट प्रेरित भएको तर मुनमदनका कथावस्तुहरू नरहने पनि बताए ।
फिल्ममा अविनाष न्यौपाने, श्रीया कार्की, मोहन निरौला, उत्तम केसी, सरु सुनार, शुभम आचार्य र सुविना न्यौपानेको अभिनय रहनेछ । विकास दाहालको सम्पादन रहने फिल्मलाई मणि नेपाली पनेरुले निर्माण गर्नुहुनेछ । फिल्मको छायांकन उत्सव दाहालले गर्नुहुनेछ भने फिल्मको निर्देशन देवेन्द्र पाण्डेले गरे ।

प्रतिक्रिया दिनुहोस्