Logo

मिलन च्याम्सको निर्देशनमा वर एन्ड वधु फिल्म निर्माण हुने

मिलन च्याम्सको निर्देशनमा वर एन्ड बधु चलचित्र निर्माण हुने भएको छ ।
बुधबार काठमडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको नाम सार्वजनिक गरिएको हो । फिल्ममा वरिष्ठ कलाकार विजय लामा, वरिष्ठ कलाकार किरण केसी, नायिका आँचल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । यही फिल्मबाट विवेक कर्माचार्यले चलचित्रमा डेब्यू गर्दैछन् । फिल्ममा विवाहसम्म पुग्दा जीवनमा भोगेका विषयवस्तुलाई उठान गरिने निर्देशक च्याम्सले बताए ।
उनले अबका दिनमा पनि नेपाली फिल्मले उत्कृष्ट कथावस्तु दिन नसके नेपाली सिनेमा क्षेत्र कमजोर रहने बताए । उनले आगामी दिनमा नेपाली फिल्मलाई साथ र सहयोग गर्न पनि दर्शकहरुलाई अनुरोध गरे । कार्यक्रममा वरिष्ठ कलाकार विजय लामाले फिल्ममा आफ्नो अभिनय विल्कुलै नयाँ तरिकाको हुने बताउनु भयो । त्यस्तै वरिष्ठ कलाकार किरण श्रेष्ठले केही निर्देशकहरुको फिल्म खेल्ने आफ्नो चाहना अब पूरा हुने बताए । उनले नेपाली फिल्मलाई माया गर्नुपर्नेमा जोड दिए । त्यस्तै नायिका आँचल शर्माले आजको कार्यक्रम र फिल्मको घोषणासँगै आफू नेपाली नायिका भएको महसुस भएको बताए ।
वर एण्ड बधु फिल्मको आधा छायाङ्कन विदेश र आधा काठमाडौंमा हुनेछ । विदेशमा रहने नेपालीको कथालाई पनि फिल्ममा समेटिनेछ ।

प्रतिक्रिया दिनुहोस्