महिनावारी दिवसमा काठमाडौँमा बृहत साइकल -याली हुने «

महिनावारी दिवसमा काठमाडौँमा बृहत साइकल -याली हुने

महिनावारी दिवसको अवसर पारेर काठमाडौंमा बृहत् साइकल -याली हुने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौँको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल -याली गरिने जानकारी गराइएको हो । ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे जनचेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट -याली आयोजना गर्न लागिएको एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले बताए ।
बिहान साढे बजे बसन्तपुरबाट सुरु हुने -याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ । -यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउने बताइएको छ ।
मंगलबजारमा हुने समापन कार्यक्रमलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्