भूमिहीनको समस्या दुई वर्षभित्रमा समाधान गरिने «

भूमिहीनको समस्या दुई वर्षभित्रमा समाधान गरिने

सरकारे भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताए । उनले पुनस्र्थापनना हुन बाँकी मुक्त कमैयाहरुका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताए । उनले भने, ‘आगामी दुई वर्ष भित्रमा भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान गरिनेछ । पुनःस्थापना हुन बाँकी मुक्त कमैया, हलिया र कम्लरी तथा मुक्त घोषणा हुन बाँकी हरवा, चरवाका लागि तीनै तहका सरकारका समन्वयमा उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।’
राष्ट्रपति भण्डारीले राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन बताए । उनले विशिष्टकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताए ।

प्रतिक्रिया दिनुहोस्