Logo

चिंगाडका जनप्रतिनिधिको पहिलो निर्णय नमुना विद्यालय सञ्चालन

सुर्खेतको चिंगाड गाउँपालिकाले गाउँपालिकामा एउटा विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख बोधविक्रम जिसी र उपप्रमुख मिनाकुमारी रोकायले सोमबार पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रूपमा गाउँपालिकाभित्र एक वटा नमुना विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमध्ये एक विद्यालय छनोट गरी प्राविधिक शिक्षा र उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ । त्यसका लागि ‘अध्यक्ष नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने’ निर्णय गरेको गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले जानकारी दिए । नमुना विद्यालय सञ्चालनका लागि निश्चित कार्यविधि बनाइने र सोहीअनुसार कार्यक्रम सञ्चालन गर्ने जिसीले बताए । यस्तै चिंगाडका ६ वटै वडा जोड्ने चक्रपथ निर्माण गर्ने पनि निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्