Logo

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले मंगलबार कास्कीको पोखरा महानगरपालिका–१३ ढाँडबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी छन् ।
आर्वा विजय माध्यमिक विद्यालय कास्कीको पुरानो विद्यालय हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल तीन करोड ६३ लाखको लागतमा यस विद्यालय भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्