Logo

गोरखाको तीनवटा वडाको अध्यक्षमा महिला निर्वाचित

गोरखाको ९४ वडामध्ये तीनवटा वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएका छन् । विभिन्न पार्टीबाट १३ जना महिला वडाध्यक्षमा चुनावमा होमिए पनि तीन जनामात्रै निर्वाचित हुन सफल भएका हुन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३/३ जना, नेकपा एमाले, मंगोल नेसनल अर्गनाइजेसन र नेपाली कांग्रेस बिपिले २/२ जना तथा जनता समाजवादी पार्टीले एकजना महिलालाई वडाध्यक्षको उम्मेद्वार बनाएको थियो ।
जसमध्ये, नेपाली कांग्रेसका तर्फबाट गोरखा नगरपालिका–१३ मा मित्राकुमारी परियार र सिरानचोक गाउँपालिका–१ मा मनिता गुरुङ र नेकपा माओवादी केन्द्रबाट सहिद लखन गाउँपालिका–२ मा सकुन थापा मगर वडाध्यक्षमा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पुरुष प्रतिस्पर्धीलाई हराउँदै उनीहरू वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्