पोखरामा पहिलो महिला वडाध्यक्षमा विजयी

क्षेत्रफलको हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकामा पहिलो महिला वडाध्यक्षमा राधिका शाही योगी विजयी भएकी छन् । नेकपा एमालेकी उम्मेदवार योगी पोखरा–१७ बाट वडाध्यक्षको रूपमा विजयी भएकी हुन् । नेपाली काग्रेंसका वडाध्यक्षका उम्मेदवार देवराज आचार्यलाई ८३ मतको झिनो अन्तरले पराजित गर्दै पोखरामा पहिलो महिला वडाध्यक्षको रूपमा विजयी भएकी हुन । अध्यक्ष योगीले २ हजार ६ सय २५ मत ल्याउँदा उनका प्रतिष्पर्धी आचार्यले २ हजार ५ सय ४२ मत ल्याएका थिए । साथै योगीको टिममा सहभागी भएको एमालेको प्यानल नै विजयी भएको हो । महिला सदस्यमा विष्णुकुमारी थापा, दलित महिला सदस्यमा तारा परियार, वडा सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भएका छन् । यसअघि पनि २०७४ सालको निर्वाचनमा उक्त वडामा एमालेले जित हासिल गरेको थियो ।