हिमाल आरोहणबाट आम्दानी «

हिमाल आरोहणबाट आम्दानी

पछिल्लो पटक आएका समाचारका अनुसार यसपालिको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी तथा स्वदेशी पर्वतारोहीबाट नेपाल सरकारले ४८ करोड १ लाख १९ हजार ५ सय १ नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा सलामी दस्तुरबाट मात्रै आम्दानी गर्न सफल भएको छ । तथ्यांक हेर्दा यो वर्ष स्वदेशी तथा विदेशी पर्वतारोहीबाट वसन्त ऋतुमा मात्रै नेपाल सरकारले नेपालका विभिन्नि हिमाल आरोहण गर्न आएका पर्वतारोहीबाट ४८ करोडभन्दा बढी सलामी दस्तुरबाट मात्रै प्राप्त गर्न सफल भएको छ । यो वर्षको वसन्त ऋतुमा स्वदेशी तथा विदेशी हिमाल आरोहीबाट भएको आम्दानीको तथ्यांक हेर्दा यो वर्षको वसन्त ऋतुमा स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथा आरोहणको अनुमति लिएबापत ३९ करोड ९५ लाख ६२ हजार ३ सय ५० नेपाली रुपैयाँबराबरको सलामी दस्तुर तिरेका छन्, नेपाल सरकारलाई । पर्वतारोहीले तिरेको सलामी दस्तुरको तथ्यांक हेर्दा सगरमाथा हिमालबाट मात्रै नेपाल सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीबाट सलामीबापत ३९ करोड ९५ लाख ६२ हजार ३ सय ५० नेपाली रुपैयाँबराबर विदेशी मुद्रा आर्जन गर्न सफल हुनु भनेको ठूलै उपलब्धि हो ।
नेपालमा रहेका १७ सयभन्दा बढी (पाँच हजार मिटरभन्दा माथिका) हिमालमध्ये ४ सय १४ वटा हिमाल नेपाल सरकारले पर्वतारोहीका लागि आरोहण गर्न खुला गरेको छ । तीमध्ये यो वर्षको वसन्त ऋतुमा २७ वटा ठूला हिमाल चढ्न नेपाली तथा विदेशी पर्वतारोही गरेर ९ सय ६८ जना पर्वतारोहीलाई नेपाल सरकारले अनुमति दिएको छ । त्यसमध्ये २ सय १० महिला पर्वतारोही र ७ सय ५८ जना पुरुष पर्वतारोही रहेका छन् । यसरी स्वदेशी तथा विदेशी पर्वतारोहीले वसन्त ऋतुमा मात्रै नेपाल सरकारलाई नेपालका विभिन्न हिमाल आरोहण गरेबापत ३९ करोड ९५ लाख ६२ हजार ३ सय ५० नेपाली रुपैयाँबराबर विदेशी मुद्रा सलामी तिरेका छन् ।
त्यस्तै यसपालिको वसन्त ऋतुमा विश्वकै चौथो अग्लो (८,५१६ मिटर) हिमाल ल्होत्से हिमाल चढ्न आएका विदेशी पर्वतारोहीलाई अनुमति दिएबापत नेपाल सरकारले २ करोड ८४ लाख २९ हजार ७ सय २२ नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गरेको छ भने विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा (८,५८६ मिटर) बाट १ करोड ३० लाख ८४ हजार ६ सय ५० नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आम्दानी गर्न सफल भएको छ । स्मरणीय के छ भने यसपालिको वसन्त ऋतुमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका लागि आठ पर्वतारोहण दलका ६९ जना पर्वतारोहीले अनुमति लिएका छन् भने विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहणका लागि १४ पर्वतारोहण दलका १ सय ३४ जना पर्वतारोहीले अनुमति लिएका छन् ।
त्यसो त हिमाल आरोहणबाट नेपाल सरकारलाई हुने आम्दानीको कुरो गर्दा गत वर्षको वसन्त ऋतुमा पनि नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएबापत स्वदेशी तथा विदेशी पर्वतारोहीले नेपाल सरकारलाई सलामी (रोयल्टी) दस्तुरबापत मात्रै ७१ करोड ४८ लाख नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा तिरेका थिए । यसरी हिमाल आरोहणबाट हुने आम्दानीको तथ्यांक हेर्दा यो वर्ष हिमाल आरोहणबाट नेपाल सरकारलाई गएको वर्षको आम्दानीको तुलनामा लगभग ३६÷३९ प्रतिशतले कम आम्दानी भएको देखिन्छ । हुन पनि कोरोना महामारीबीच पनि गत वर्षको वसन्त ऋतुमा हालसम्मकै धेरै पर्वतारोहीले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएका थिए । पर्यटन विभागको तथ्यांकअनुसार गत वर्ष ४ सय ८ जना पर्वतारोहीले सगरमाथा हिमाल चढ्नका लागि अनुमति लिएका थिए । तर, गत वर्ष नेपालको पर्वतारोहण मौसमकै बेला छिमेकी देश भारतमा ‘ताईतेई’ र ‘चक्रवात’ नामक समुद्री आँधी आएकाले गर्दा सो आँधीको प्रभावस्वरूप धेरै कम पर्वतारोहीले मात्रै सगरमाथा हिमाललगायत अन्य हिमाल आरोहण गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्