एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युतमा लगानी गर्ने «

एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युतमा लगानी गर्ने

एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो । सो आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सहवित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ ।
२१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रहेको छ । जसमध्ये बैंकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रहने बताइएको छ । यो आयोजना समेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्