नेपाल लाइफको बिमा जनचेतना कार्यक्रम «

नेपाल लाइफको बिमा जनचेतना कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जुम्री बजार चोकबाट सुरू गरेको छ ।
सोमबारबाट सुरू भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।
सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बिमाको महत्व तथा जागरणमा उल्लेखनिय भूमिका निभाउने कम्पनीको विश्वास लिएको छ ।
बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको निर्देशन अनुसार बिमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको छ । स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्