Logo

नबौं राष्ट्रिय खेलकुदको मिति स-यो

यही जेठ महिनामा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम साता हुने भएको छ । मंगलबार युवा तथा खेलकुद मन्त्रायलयले पत्रकार सम्मेलन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।
यसअघि जेठ महिनाको २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं राष्ट्रिय प्रतियोगिता असोजसम्म सारिएको छ । राखेपको प्रस्तावमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिए । युवा तथा खेलकुद मन्त्री गहतराजले फास्ट ट्रयाकबाट गर्ने भनिए पनि कानूनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भएको बताए ।
नवौं राष्ट्रिय खेलकुदमा ६० करोड भन्दा धेरै खर्च नगर्न अर्थ मन्त्रालयले निर्देशन दिइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकीको पोखरामा हुने तय भइसकेको थियो । तर, प्रतियोगिता शुरु हुन केही दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने करिव निश्चित थियो । यस्तै नवौं राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेका छन् भने ३८ खेलमा प्रतिष्पर्धा गराउनेसमेत निर्णय यसअघि भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्