गाडी भाडा बढ्यो «

गाडी भाडा बढ्यो

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेसँगै सरकारले स्वचालित भाडा समायोजन प्रणालीअनुसार भाडा वृद्धि गरेको हो ।
यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुने गरी मालवाहक तथा यात्रुवाहक सवारीमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा २.१ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्