स्मार्टच्वाईस टेक्नोलोजिज र फस्र्ट पेबिच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआर बिच अन्तरआवद्धताको लागि सम्झौता भएको छ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा फस्र्ट पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजाल बिच सम्झौतामा हस्ताक्षर तथा आदन प्रधान सम्पन्न भएको थियो ।
बिगत २० वर्ष देखि नेपाली मन र मुटुमा राज गर्दै एससीटी युपीआइ कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्क्तानी सुबिधा दिदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भुक्क्तानी सम्यन्त्र मार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रधान गर्दै आएको फस्र्ट पे टेक्नोलोजिजबिच भएको यस एतिहासिक सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकास तथा प्रवन्धनमा टेवा पुग्ने आश गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप सम्झौता सम्पन्न भएको भन्दै कम्पनीले यस सम्झौतापस्चात फस्र्ट पे क्यूआरको सुबिधा लिएका बिभिन्न ब्यापार—ब्यवशायलाई स्मार्ट क्यूआर को नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्ने तथा स्मार्ट क्यूआरमार्फत भुक्तानी लिदै आएका ब्यापार—ब्यवशायले फस्र्ट पे नेटवर्कमा आबद्ध ग्राहकमार्फत पनि भुक्तानी लिन मिल्ने भएको कम्पनीले जनाएको छ ।