फोनपे आइएसओ २७००१:२०१३ बाट प्रमाणिकरण «

फोनपे आइएसओ २७००१:२०१३ बाट प्रमाणिकरण

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड आइएसओ २७००१:२०१३ बाट प्रमाणिकरण भएको छ ।
फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरियता प्रदान गरेको हुनाले आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट) २७००१:२०१३ बाट प्रमाणपत्र पाएको हो । यस किसिमको प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेको भन्दै भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको कम्प्नीले जनाएको छ ।
“फोनपे आमग्राहकले सुरक्षित तवरले कारोबार गर्न सकुन् भन्ने कुरामा प्रतिवद्ध छ ।” फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “त्यसका लागि फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको छ । आउँदा दिनमा पनि हामी निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउँदै जानेछौं ।”
यस्तै फोनपेका हेड अफ सेक्यूरिटीका आस्लमअलीले भने, “आइएसओको प्रमाणीकरणले हाम्रा ग्राहक र कम्पनीको डाटा सुरक्षाको लागि हाम्री प्रतिबद्ध छौँ भन्ने देखाउँछ ।”
फोनपले यसअघि पनि डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ (पीसीआइ डिएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्