टाटा मोटर्सको दोश्रो एक्सपिरियन्स जोन चितवनमा «

टाटा मोटर्सको दोश्रो एक्सपिरियन्स जोन चितवनमा

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चितवनमा टाटा मोटर्सको दोश्रो एक्सपिरियन्स जोनको सुरुवात गरेको छ ।
यो एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ राईसहित नेपाली चलचित्र कबड्डी टिमद्धारा गरिएको हो । टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा रहेको छ ।
टाटा मोटर्सको यो दोश्रो एक्सपिरियन्स जोन हो । यसअघि ललितपुरको पुल्चोकस्थित लबिम मलमा पहिलो एक्सपिरियन्स जोनको सुरुवात भएको थियो ।
एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिमार्फत टाटा मोटर्सका गाडीहरूको बारेमा विस्तृत जानकारी लिन सकिनेछ । साथै, टेस्ट ड्राइभको पनि व्यवस्था गरिएको छ । कम्पनीले यहाँ टाटा मोटर्सका ग्राहकहरूका लागि मात्र प्रिभिलेज्ड पार्किङको पनि सुविधा दिएको छ ।
टाटा मोटर्सले ग्राहक सेवालाई अझै परिस्कृत र उत्कृष्ट बनाउने उदेश्यले सोरुम भन्दा बाहिरबाट पनि यस किसिमको सेवा दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्