सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच सम्झौता «

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकलाई पोखरामा रहेको होटल शारामा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्तक्षर गरेको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र होटल शाराकातर्फबाट कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका भिषाडेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले होटल शाराका खाना, साउना, स्पा तथा पेय पदार्थमा १५ प्रतिशत तथा आवासमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्