डाउन सिन्ड्रोम र अटिजम भएका बालबालिकालाई राउण्ड टेबल नेपालको सहयोग «

डाउन सिन्ड्रोम र अटिजम भएका बालबालिकालाई राउण्ड टेबल नेपालको सहयोग

डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ ।
स्कुल फर स्पेसल नामा दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि विशेष सहयोग समेत गरिनेछ ।
आगामी ४ असारमा काठमाडौमा एक विशेष कार्निभल आयोजना गरिने भएको छ । ‘जुन वियर कार्निभल’को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारिवारीक कार्निभलको संयुक्त रुप हुनेछ । डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिवृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाको शिक्षा तथा बैयक्तिक विकासमा सहयोगि बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो ।
यस कार्यक्रमबाट भएको आम्दानीको शत्प्रतिशत रकम डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका शरद केडियाले बताए । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षा र मनोरञ्जनका लागिकाम गर्ने हाम्रो योजनाको बृहत्तर योजनाको यो पहिलो पाइला भएको बताउँदै अध्यक्ष केडियाले थप विभिन्न कार्यक्रमहरु भविष्यमा गरिने योजना रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्