रिभर फल्सको आईपीओ बाँडफाँट «

रिभर फल्सको आईपीओ बाँडफाँट

रिभर फल्स पावरको आईपीओ बाँडफाँट भएको छ ।
यसमा गोलाप्रथामार्फत २ लाख ५३ हजार ८९० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १८ लाख ५ हजार ४४० जनाको आवेदन योग्य ठहरिएको थियो । ३ हजार ८१९ जनाकोे आवेदन भने रद्द भएकोे थियो ।
कम्पनीले सर्वसाधारणका लागि २८ वैशाखदेखि ४ जेठसम्म कुल २५ लाख ३८ हजार ९०० कित्ता सेयर जारी गरेको हो । कुल २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेकामा ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्