१२ जेठदेखि प्लास्टिक प्रदर्शनी हुने «

१२ जेठदेखि प्लास्टिक प्रदर्शनी हुने

यही १२ जेठदेखि प्लास्टिक प्रदर्शनी आयोजना गरिने भएको छ । प्लास्ट नेपाल फाउन्डेसनले १२, १३ र १४ जेठमा प्लास्ट नेपाल २०२२ नामको प्लास्टिक प्रदर्शनी गर्न लागेको हो ।
यस्तो प्रदर्शनी यसअघि दुईपटक आयोजना भइसकेको छ । तेस्रो संस्करणको यो प्लास्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योगहरू र छिमेकी भारतलगायत अन्य देशका समेत करिब पाँहजार वटा प्लास्टिक उद्यमी व्यवसायीहरू र करिब १ लाख उद्योगी, व्यवसायीसहित सर्वसाधारणले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्